बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने इजरायल र प्यालेस्टाइनको निर्णय
सात जनामा कोरोना भाइरस संक्रमण देखिएपछि इजरायल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छन्।
शुक्रवार रातिदेखि प्यालेस्टिनी र इजरायलीहरूलाई शहर छाड्न र त्यहाँ आउन रोक लगाइएको हो। यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ।
इजरायली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरेली सेनालाई आदेश दिएका छन्।
यसअघि बेथ्लिहेमस्थित एउटा गिर्जाघर बन्द गरिएको थियो। प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न ‘वेस्ट ब्याङ्क’मा एक महिने संकटकाल घोषणा गरेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त