विद्यार्थीमा कोरोना भाइरसबारेको भ्रम हटाउनू : शिक्षा मन्त्रालय
हेल्थ टिभी अनलाइन\काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस संक्रमणको विषयमा सतर्कता अपनाउन अपिल गरेको छ।
मन्त्रालयले संक्रमण फैलिने प्रक्रिया र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सचेत गराउन विद्यालय वा शिक्षण संस्थालाई भनेको छ। यस्तै संक्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्ने, छलफल गराउने, यसबारे पढ्न र छलफल गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नेलगायत गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले जारी गरेको अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न भनिएको छ। यस्तै स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।
यसैगरी भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखान, साबुन पानीले पटकपटक राम्ररी हात धुन, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुन, हात नमिलाउन, अङ्कमाल नगर्न र टाढैबाट नमस्कार गर्न सिकाउन पनि भनिएको छ ।
कुनै विद्यार्थीलाई ज्वरो रुघाखोकी देखिएमा विद्यालयरशिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीहाट अलग्गै राख्न, अभिभावकलाई तत्काल सम्पर्क गरी सुरक्षित तरीकाले जिम्मा लगाउन भनिएको छ। वा नजिकको स्वास्थ चौकी, अस्पताल वा चिकित्सकसँग सम्पर्क गरी उनीहरूको सल्लाहअनुसार उपचार गर्ने गराउन, ज्वरो र रुघाखोकी लागेका विद्यार्थी र तिनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्न पनि सुझाव दिइएको छ।
विश्वव्यापी सो सङ्क्रमणको स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, साँस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न पनि आग्रह गरिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित