मध्यपुर थिमीमा ‘आइसोलेसन वार्ड’
हेल्थ टिभी अनलाइन\भक्तपुर : थिमीस्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ‘आइसोलेसन वार्ड’ निर्माण शुरु गरेको छ।
भक्तपुरमा सरकारी र निजी गरी नौवटा अस्पताल रहे पनि पहिलो पटक नगरपालिकाको नेतृत्वमा सञ्चालित यो अस्पतालले आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो।
मध्यपुर थिमी नगरपालिकाको नेतृत्वमा सिद्धिकाली क्षेत्रमा सञ्चालनमा रहेको उक्त अस्पतालमा बिहीबार आइसोलेसन वार्ड निर्माण शुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।
एक साताभित्र आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेर तयारी अवस्थामा राखिने उनको भनाइ छ। नगरपालिकाले अस्पतालमा औषधि अभाव नहुने गरी व्यवस्थापन गरेको श्रेष्ठले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा