प्रधानमन्त्री ओली खतरामुक्त, एक सातामा डिस्चार्ज हुने
हेल्थ टिभी अनलाइन\काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन्। शरीरका सबै सूचक सामान्य रहेको र उनलाई तरल र नरम आहार दिन शुरु गरिएको चिकित्सकहरूले बताएका छन्।
प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। मिर्गौलादान गर्ने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उहाँलाई पनि तरल र नरम आहार दिन थालिएको उनले बताए।
अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेको र एकसातामा अस्पतालबाट डिस्चार्ज हुने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंह शाहले जानकारी दिइन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न देशका प्रधानमन्त्री तथा देशका प्रतिनिधिबाट स्वास्थ्यलाभको शुभकामना आउने क्रम जारी रहेको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण