Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

कोरोना भाइरस संक्रमणका कारण एक जनाको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ।

जहाज चढेर सान फ्रान्सिस्कोबाट मेक्सिको गएका ७१ वर्षीय वृद्धको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। क्यालिफोर्नियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

अमेरिकामा १६ राज्यमा कम्तीमा १५० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वाशिङ्गटन राज्यका हुन्।

कोरोना भाइरसको संक्रमण टेक्सास र नेब्रास्का राज्यमा समेत पुगेको छ। संक्रमणदर बढेपछि वाशिङ्गटन र फ्लोरिडा राज्यले एक हप्ताकाे अन्तरमा आपतकाल घोषणा गरेका थिए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन