जीवनमा पहिलोपटक भिडियो एक्स रे गराउँदा…
हेल्थ टिभी अनलाइन\जाजरकोट: आर्थिक अवस्था कमजोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीका लागि गाउँगाउँमा निःशुल्क भिडियो एक्स रे सेवा सुरु गरिएको छ।
भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवतीलाई गर्भजाँच गर्न निःशुल्क भिडियो एक्स रे सेवा सुरु गरेको हो। भिडियो एक्स–रे गरी गर्भजाँच गर्ने अधिकांश महिलाले जीवनमा पहिलोपटक भिडियो एक्स रे गरेको बताएका छन् ।
‘भिडियो एक्स रे कस्तो हुन्छ भन्ने थाहा थिएन, अहिले पहिलोपटक गाउँमै आफैँले सेवा लिएर थाहा पाएँ’ भेरी–११ कट्टी गाउँकी रमिता कामीले भनिन्, ‘पैसा नभएका कारण भिडियो एक्स रे सकिएको थिएन।’
उनीजस्तै तुली विक अहिले दोस्रोपटक गर्भजाँच गर्न जगतिपुर स्वास्थ्य चौकीमा आइन्। ‘पहिलोपटक जाँच नगरी छोरीको जन्म दिए, अहिले नगरपालिकाले भिडियो एक्स रे गर्दैछ भन्ने सुनेर भिडियो एक्स–रे गर्न आए’, उनले भनिन्, ‘यो वर्षदेखि नियमित गर्भजाँचदेखि भिडियो एक्स रेसम्म गर्न पाइयो।’
अहिले नगरपालिकाले १४ वटै वडामा गर्भवतीको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्स रे सेवा गर्दै आएको छ। सुरक्षित मातृत्व कायम गरी नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। पैसाको अभावमा कोही गर्भवतीको स्वास्थ्य जाँच गर्न समस्या नहोस् भनी नगरपालिकाले यस्ताे कार्यक्रम गर्दै उनकाे भनाइ छ।
आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवतीका लागि निःशुल्क भिडियो एक्स रे सेवा सञ्चालन गर्दा बालविवाहको डरलाग्दाे दृश्य देखिएको नगर प्रवक्ता पार्वती विकले बताइन्। गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनिका रहेका जाँचमा संलग्न चिकित्सक भुपेन्द्रप्रकाश मल्लले जानकारी दिए।



विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त