‘कोरोनाबाट बच्न सतर्कता अपनाउनुस्’
हेल्थ टिभी अनलाइन\काठमाडाैं : सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले विश्वव्यापी संक्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई अपिल गरेकाे छ।
उक्त भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आह्वान गरेको हो।
भाइरसबाट बच्न मानसिकरूपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अंकमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि घर र विद्यालयमा राख्न आग्रह गरेको छ।
महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा