Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओली बोल्नसक्ने अवस्थामा, तरल पदार्थ खुवाइयाे, केही दिन सीसीयूमै रहने

प्रधानमन्त्री ओली बोल्नसक्ने अवस्थामा, तरल पदार्थ खुवाइयाे, केही दिन सीसीयूमै रहने

हेल्थ टिभी अनलाइन\काठमाडाैं : मिर्गाैला प्रतयाराेपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति राम्रो रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

प्रत्यारोपणमा संलग्न प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसारऔषधिका कारण ओली प्रायः निदाउने गरेका छन्। बिउँझिएका बेला चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिनसक्ने आफूलाई लागेका कुरा भन्न सक्ने अवस्थामा भएको उनले बताए।

प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेको र अन्य सूचकहरू राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनलाई झोल पदार्थ खुवाउन सकिने अवस्था रहेको डा. ज्ञवालीले बताए। शरीरले झोल पदार्थ सहजै रूपमा लिएपछि भने ठोस पदार्थ खुवाउने अस्पतालको तयारी छ।

त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्री  ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनको होस साँझ नै आएको थियाे।

केही दिन सीसीयूमा

प्रधानमन्त्री ओलीका रक्तचापसहित सबै सूचकांक राम्रो रहेकाे बताइएको छ। ओलीलाई अझै केही दिन सीसीयूमा राखेर उपचार गरिने डा. ज्ञवालीले  बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार