Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीका मुख्य सूचक राम्रो अवस्थामा

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीका मुख्य सूचक राम्रो अवस्थामा

हेल्थ टिभी अनलाइन\काठमाडौं : मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाइएको छ।

हाल उनई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रधानमन्त्रीओलीको उपचार टोलीमा चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपालीलगायत छन्।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सङ्ग्रौलाको शल्यक्रिया टोलीमा प्रा. डा. उत्तमकुमार शर्मा, प्रा. डा. प्रेम ज्ञवाली, प्रा. डा. आनन्द कुमारलगायत छन्। एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा. अनिल श्रेष्ठ र प्रा. डा. सुवास आचार्यलगायत छन्।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधवार बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएको थियो।  मिर्गौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए।

यसअघि २०६४ साउनमा पहिलोपटक उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार