जिल्ला अस्पताललाई ३० लाखको उपकरण
हेल्थ टिभी अनलाइन\सोलुखुम्बु : लायन्स क्लब इन्टरनेसनलले जिल्ला अस्पताल फाप्लुलाई ३० लाख रुपैयाँ बराबरको उपकरण प्रदान गरेको छ।
प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लबले प्रसूतिका लागि अति आवश्यकीय १२ प्रकारका उपकरण अस्पताललाई प्रदान गरेको हो।
फाप्लु अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले लाइन्स क्लबको सहयोगले जिल्लामा मातृ शिशु मृत्युदरलाई कम गर्न सकिने विश्वास व्यक्त गरे। उनले हिमाली जिल्ला दुर्गम जिल्लामै पर्ने भएकाले पनि यहाँका जनता स्वास्थ्यलगायत अन्य अति आवश्यक सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए।
लाइन्स क्लब अमेरिकाबाट प्राप्त उपकरण पोखरा–विराटनगर हुँदै सोलुखुम्बुसम्म ढुवानीको जिम्मेवारी लाइन्स क्लब काठमाडाैंले गरेको छ। अत्यन्तै संवेदनशील उपकरण भएकाले पोखराबाट सोलुखुम्बुसम्म ढुवानी गर्न करिब एक लाख २५ हजार रूपैयाँ बराबर खर्च भएको लाइन्स क्लब काठमाडाैंका सभापति राजेन्द्र कोइरालाले बताए।
जनशक्ति भए पनि उपकरण नहुँदा यहाँका अधिकांश महिला ओखलढुङ्गाको मिसन अस्पताल वा काठमाडौँलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता छ। त्यही बाध्यतालाई दृष्टिगत गर्दै उपकरण सहयोग मागिएको प्रदेशसभा सदस्य एवं प्रमुख सचेतक राजभण्डारीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण