प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण : शल्यक्रिया शुरु
हेल्थ टिभी अनलाइन\काठमाडौं : मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकाे शल्यक्रिया शुरू भएकाे छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीलाई यसबारे जानकारी दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई १० बजे शल्यक्रिया कक्षमा लगिएको हाे। उनलाई ९ बजे नै अप्रेसन थिएटरमा लैजाने भनिए पनि रिपोर्ट आउन ढिला भएपछि एक घण्टाभन्दा बढी लागेको हो। प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने चिकित्सकहरूले जानकारी दिएका छन्।
प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा प्रेम ज्ञवाली, प्रा.डा उत्तम शर्मा, डा. दिव्यासिंह शा र ,डा. पवनराज चालिसे रहेका छन्। यस्तै डा. सुमन चापागाईँ, डा. सुजित पौडेल, डा. मनीष प्रधान, डा सुवास आचार्य, डा. अनिल श्रेष्ठ, डा. महेशराज सिग्देल, डा. मकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत पनि टोलीमा रहेकाे बताइएको छ। भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालका चिकित्सक अनन्त कुमारसमेत छन्।
मिर्गौला प्रत्यारोपण गरिनैलाग्दा नेता, नेकपाका कार्यकर्ता, सरकारी कर्मचारी तथा शुभेच्छुक प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न शिक्षण अस्पताल पुगेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा