प्रधानमन्त्रीको शरीरमा अब चारवटा मिर्गौला!
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा अब चारवटा मिर्गौला हुने भएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधवार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिँदैछ।
यसअघि २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो। बिग्रिएका नफालिकन नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए।
बुधवार प्रत्यारोपण पूरा भए पछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ। मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राखिने विशेषज्ञहरू बताउँछन्।
१२ वर्षअघि भारतको एपोलो अस्पतालमा उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौलाले पनि काम गर्न छाडेपछि अर्को मिर्गौला राख्न लागिएको हो। पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुनाले त्यसलाई हटाउन कठिन हुने भएकाले प्रत्यारोपण गर्दा पुरानो नफालिने चिकित्सकहरुले बताएका छन्।
पहिलोपटक बुहारी नाता पर्नेबाट मिर्गौला लिएका उनले यो पटक भाञ्जीको मिर्गौला लिँदै छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण