प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा
हेल्थ टिभी अनलाइन काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा प्रेमकृष्ण खड्गाद्वारा जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।
प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी छ। खड्गाका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ। उनी निरन्तर विशेषज्ञको निगरानीमा छन्।
प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ। बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गरिनेछ।
यसअघि २०६४ मा भारतको एपालो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि अस्पतालमा आमन्त्रण गरिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा