Health TV Online
Health TV Online

ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, कोरोनाको जोखिम रहुञ्जेल घरबाटै काम गर्नू

ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, कोरोनाको जोखिम रहुञ्जेल घरबाटै काम गर्नू

कोरोना भाइरस संक्रमण बढेसँगै सामाजिक सञ्जाल ट्वीटरले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई उसले घरबाटै काम गर्न निर्देशन दिएको हो।

ट्वीटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई अनिवार्य रूपमा घरबाट नै काम गर्न भनेको बीबीसीको समाचारमा उल्लेख छ। ट्वीटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको उल्लेख गरेको छ। ट्वीटरले यसअघि नै अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।

‘हाम्रो लक्ष्य कोरोना भाइरस संक्रमण फैलिन कम गर्नु हो’, ट्विटरका मानव संशाधन प्रमुख जेनफर क्रिस्टीले भनेकी छिन्, ‘संक्रमण कम गर्न कर्मचारीलाई यत्रतत्र छरिन भनेका छौँ। यो ट्विटरमा काम गर्ने सबैमा लागू हुन्छ।’

थप समाचार