ट्वीटरले आफ्ना कर्मचारीलाई भन्यो, कोरोनाको जोखिम रहुञ्जेल घरबाटै काम गर्नू
कोरोना भाइरस संक्रमण बढेसँगै सामाजिक सञ्जाल ट्वीटरले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। विश्वभर रहेका आफ्ना पाँच हजार कर्मचारीलाई उसले घरबाटै काम गर्न निर्देशन दिएको हो।
ट्वीटरले ब्लग पोस्टमा हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई अनिवार्य रूपमा घरबाट नै काम गर्न भनेको बीबीसीको समाचारमा उल्लेख छ। ट्वीटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको उल्लेख गरेको छ। ट्वीटरले यसअघि नै अनावश्यक र गैरव्यावसायिक यात्रा गर्न तथा कार्यक्रममा सहभागी हुन प्रतिबन्ध लगाएको थियो।
‘हाम्रो लक्ष्य कोरोना भाइरस संक्रमण फैलिन कम गर्नु हो’, ट्विटरका मानव संशाधन प्रमुख जेनफर क्रिस्टीले भनेकी छिन्, ‘संक्रमण कम गर्न कर्मचारीलाई यत्रतत्र छरिन भनेका छौँ। यो ट्विटरमा काम गर्ने सबैमा लागू हुन्छ।’





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण