स्वदेशका चिकित्सकलाई विश्वास गरेको भन्दै ट्रान्सप्लान्टेसन सोसाइटीले दियो प्रधानमन्त्रीलाई धन्यवाद
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीले नेपाली चिकित्सकलाई विश्वास गरी स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्न लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेको छ।
मंगलवार विज्ञप्ति निकालेर सोसाइटीले प्रधानमन्त्रीकाे यो निर्णयले सम्पूर्ण चिकित्सकको हौसला बढेको भन्दै सोसाइटीले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणको कामना समेत गरेको छ।
प्रधानमन्त्री ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको उपचारको नेतृत्व नेपाली चिकित्सकहरुले लिएका छन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा