विमानस्थलमा ‘भिजिटर पास’ वितरण बन्द, अनिवार्य मास्क प्रयोग गर्न आग्रह
हेल्थ टिभी अनलाइन\काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विज्ञप्ति जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरेको हो। विमानस्थलबाट आवतजावत गर्ने सबै हवाइ यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरिएको छ।
चीनको वुहान शहरमा देखा परेको कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्ने भएको तथा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेका कारण यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण