मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन/काठमाडौं: मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन्। आगामी बुधबार उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी अस्पतालले गरेको छ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दान दिने भएकी हुन्। दाता महिला पनि आजै अस्पताल भर्ना भइसकेकी छिन् ।
प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुन जानुअघि भिडियो सन्देश जारी गर्दै आफू छिटै निको भएर फर्किने विश्वास दिलाएका थिए । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण नेपाली चिकित्सकले गर्नेछन्।
१२ वर्षअघि भारतमा गएर मिर्गौला प्रत्यारोपण गराएका ओलीको यो दोस्रो प्रत्यारोपण हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा