कोरोनाको आशंकामा आज फेरी एक जना टेकु अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन\ काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर ५जनालाई आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको छ । रुघाखोकी लागेका यी पाँचैजना कोरोना प्रभावित क्षेत्रबाट आएका हुनाले विशेष निगरानी गरिएको पनि अस्पतालले जनाएको छ ।
शनिबार दुई जना आइतबार दुइ जना र सोमबार एक जना गरी जम्मा ५ जना टेकु अस्पतालमा कोरोनाको आशंकामा अस्पतालमा छन्। सोमबार चीनबाट आएका एक जना चिनियाँ नागरिकमा रुघाखोकी देखिएपछि उनलाई पनि आइसोलेसन वार्डमा राखिएको अस्पतालले जनाएको हो ।
यी मध्ये ४ जना दक्षिण कोरियाबाट आएका नेपाली र एक जना चाइनिज रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले बताए । उनले भने ‘सामान्य रुघाखोकी छ तर उहाँहरु कोरोना प्रभावित देशबाट आएकाले मात्र आइसोलेसनमा राखिएको हो ।’
उनीहरुको कोरोना परीक्षणका लागि नमुना संकलन भइसकेको र भोलिसम्म रिपोर्ट आउने पनि उनले जानकारी दिए । अहिलेसम्म परीक्षण गरिएका मध्ये एक जनामा बाहेक अन्यमा कोरोना भाइरस देखिएको छैन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा