दक्षिण कोरियामा धर्मगुरुविरुद्ध मुद्दा, कोरोना भाइरस फैलाएको आरोप
दक्षिण कोरियामा कोरोना भाइरसका कारण भएका केही मृत्युका सन्दर्भमा एउटा धार्मिक सम्प्रदायका नेतामाथि छानबिन हुने भएको छ।
राजधानी सोलको स्थानीय सरकारले सिन्चन्जी चर्चका संस्थापक ली मानही र अन्य ११ जनाविरुद्ध मुद्दा दायर गर्न निर्देशन दिएको छ।
उनीहरूलाई कोरोना भाइरसको प्रकोप फैलिनुअघि नै संक्रमण भएका मानिसको परिचय लुकाएको आरोप लागेको छ।
चीनबाहिर दक्षिण कोरियामा सर्वाधिक संख्यामा संक्रमित फेला परेका छन्। त्यहाँ अहिलेसम्म तीन हजार ७०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भइसकेको छ।
संक्रमण भएकामध्ये अधिकांश व्यक्ति सिन्चन्जी चर्च अफ जीसस नामक एउटा सानो सम्प्रदायका अनुयायी हुन्।
अधिकारीहरूका अनुसार उक्त सम्प्रदायका मानिसले एकअर्कालाई दक्षिणी शहर डेगुमा कोरोना भाइरस सारेका थिए। उनीहरूबाटै भाइरस अन्यत्र फैलिएको बताइन्छ।
उक्त सम्प्रदायका वरिष्ठ सदस्य किम शिन–चाङलेभाइरस फैलिएकोमा उक्त चर्च दुःखी भएको बताए। पहिला केही सदस्यहरू परिचय खुलाउन डराएको उनले स्वीकार गरे। उनका अनुसार अहिले चर्चले ती सबैसँग सम्बन्धित सूचना दिइसकेको छ।
‘सुरक्षाका कारण हामी ती सदस्यसँग सम्बन्धित जानकारी सार्वजनिक गर्ने विषयमा चिन्तित थियौँ’, उनले भने, ‘तर अहिले हाम्रो विश्वास के छ भने हाम्रो सबैभन्दा महत्त्वपूर्ण काम भनेको सरकारलाई पूर्ण रूपमा साथ दिनु हो’, उनले भने।
बीबीसी नेपालीबाट




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त