कोरोना हेल्थ डेस्कमा १७८ जनाको परीक्षण
हेल्थ टिभी अनलाइन\बैतडी : भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कोरोना भाइरस जाँचका लागि स्थापित हेल्थ डेस्कमा १७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरस संक्रमण नभेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए। सहायता कक्षमा भारतबाट फर्किने सबैको स्वास्थ्य परीक्षण भइरहेको उनले जानकारी दिए। कक्षमा नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट दुई स्वास्थ्यकर्मी खटाइएको छ।
कोरोना भाइरस संंक्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए।
सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको ‘इन्फ्रारेड थर्माेमिटर’ ले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए। सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ताअघिसम्म चीन गए\नगएकाे र रुघाखोकी लागे\नलागेको सोधपुछ गर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
अत्यधिक ज्वरो आएको र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको जनाइएकाे छ।
दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा यही फागुन १० गते सहायता कक्ष स्थापना गरेका थिए ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण