Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुर्तीजन्य वस्तु बिक्रीवितरण : दैनिक अनुगमन गर्दै भरतपुर

सुर्तीजन्य वस्तु बिक्रीवितरण : दैनिक अनुगमन गर्दै भरतपुर

हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन शुरु गरेको छ।

आगामी डिसेम्बरमा महानगरपालिकालाई धूमपानरहित शहर (स्मोक फ्री सिटी) बनाउने पहलस्वरूप महानगरपालिकाले तयारी थालेको हो।

अनुगमन टोलीले शैक्षिक संघसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए\नभएको अनुगमन गरिरहेको छ। शैक्षिक संघसंस्था, अस्पताल लगायतका निकायको १०० मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरू जुटेका हुन्।

महानगरका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन भइरहेको छ। अनुगमनका क्रममा ३५ पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुईजनालाई कारवाही गरेको उनले बताए।

महानगरप्रमुख रेणु दाहालका अनुसार धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ। गत असाेजमा इण्डाेनेसियाको बोगरमा भएको कार्यक्रममा उनले भरतपुर महानगरलाई ‘स्मोक फ्री’ सिटी बनाउने प्रतिबद्धता जनाएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार