Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काेराेना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

काेराेना भाइरस संक्रमण : मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोना भाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ।

मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्। यो भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिन थालेको थियो। चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ।

इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

विश्वभरि झन्डै ९० हजार जनामा संक्रमण भएको पुष्टि भएको छ। भाइरस अहिले चीनबाहिर तीव्र गतिमा फैलिरहेको छ। तर संक्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको आइतवार विश्व स्वास्थ्य संगठनले बताएको छ।

कोरोना भाइरस संक्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसले जनाएको छ।

मौसमी रुघाखोकीको औसत मृत्युदर ०.१ प्रतिशत हुन्छ र भाइरस अतिसंक्रामक हुन्छ। त्यसबाट प्रतिवर्ष चार लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ।

सार्स र मेर्सजस्ता अन्य विषाणुका कारण हुने मृत्युको दर काेराेना भाइरसभन्दा धेरै छ।

बीबीसीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि