चीनमा कोरोना संक्रमण घट्याे, उपचारपछि घर फर्किनेको दर बढ्याे
चीनमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी निको भएर घर फर्किने दर ५२.१ प्रतिशत पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतवार बेइजिङमा पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमण र निको भएर घर फर्किने बिरामीबारे जानकारी गराएका हुन्।
‘चीनका सबै क्षेत्रमा संक्रमितको उपचारपछि घर फर्किने क्रम पछिल्ला केही दिनमा बढेको छ’, उनले भने। खासगरी कोरोना संक्रमणबाट बढी प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानबाट पनि पछिल्ला दिनमा निको भएर फर्किने दर बढेको उनले बताए।
पछिल्ला केही दिनमा नयाँ संक्रमितको संख्या क्रमशः कम हुँदै गएपछि यहाँका मानिसहरू काममा फर्किने क्रम बढ्दै गए पनि अझै चीनबाहिर देखिएको बढ्दो संक्रमणको दरसँगै तत्काल बन्द भएका उद्योग, विद्यालय तथा अन्य संस्थाहरूलाई तत्काल खुला गर्न खतराको अझै निर्णय नलिएको बताए।
यद्यपि चीनले विभिन्न क्षेत्रमा फरक फरक उपायको अवलम्वन गर्दै सङ्क्रमणलाई फैलिनबाट रोक्ने प्रयासहरूलाई निरन्तरता दिइरहेको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण