म्याद गुज्रेका औषधि बरामद
हेल्थ टिभी अनलाइन\विराटनगर : औषधि व्यवस्था विभागले महानगरपालिकास्थित एक फार्मेसीबाट म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरेको छ।
विभागले आइतबार अनुगमनका क्रममा वडा नं. ९ स्थित न्यूरो हस्पिटलअगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि बरामद गरेको हो।
फार्मेसीका सञ्चालक विकास मण्डलले छुट्टै कोठामा राखेको अवस्थामा औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए।
अनुगमनकै क्रममा विभागले आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिएको छ। प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित