Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

म्याद गुज्रेका औषधि बरामद

म्याद गुज्रेका औषधि बरामद

हेल्थ टिभी अनलाइन\विराटनगर : औषधि व्यवस्था विभागले महानगरपालिकास्थित एक फार्मेसीबाट म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरेको छ।

विभागले आइतबार अनुगमनका क्रममा वडा नं. ९ स्थित न्यूरो हस्पिटलअगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि बरामद गरेको हो।

फार्मेसीका सञ्चालक विकास मण्डलले छुट्टै कोठामा राखेको अवस्थामा औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए।

अनुगमनकै क्रममा विभागले आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिएको छ। प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार