नर्भिक हस्पिटलले भोलि कानका बिरामीहरूको निःशुल्क जाँच गर्ने
हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्व श्रवणशक्ति दिवसका अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटलले कानका बिरामीहरूको निःशुल्क जाँच गर्ने भएको छ। अस्पतालको नाक–कान–घाँटी विभागले यही मंगलवार निःशुल्क जाँच गर्न लागेको हो।
तीव्र गतिमा बढ्दै गएको ध्वनि–वायु प्रदूषण, कोलाहल र विविध संक्रमण आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आइरहेको सन्दर्भमा हस्पिटलले श्रवणसम्बन्धी समस्या भएकाको जाँच गर्न लागेको हो। निःशुल्क कान जाँच तथा परामर्श सेवा उपलब्ध गराउने हस्पिटलले जनाएकाे छ।
प्रत्येक वर्ष मार्च ३ का दिन विश्व श्रवणशक्ति दिवस मनाएन्छ। यो वर्षको विश्व श्रवणशक्ति दिवसको नारा ‘जीवनका लागि श्रवण’ रहेकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण