Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्भिक हस्पिटलले भोलि कानका बिरामीहरूको निःशुल्क जाँच गर्ने

नर्भिक हस्पिटलले भोलि कानका बिरामीहरूको निःशुल्क जाँच गर्ने

हेल्थ टिभी अनलाइन\काठमाडौं : विश्व श्रवणशक्ति दिवसका अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटलले कानका बिरामीहरूको निःशुल्क जाँच गर्ने भएको छ। अस्पतालको नाक–कान–घाँटी विभागले यही मंगलवार निःशुल्क जाँच गर्न लागेको हो।

तीव्र गतिमा बढ्दै गएको ध्वनि–वायु प्रदूषण, कोलाहल र विविध संक्रमण आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आइरहेको सन्दर्भमा हस्पिटलले श्रवणसम्बन्धी समस्या भएकाको जाँच गर्न लागेको हो। निःशुल्क कान जाँच तथा परामर्श सेवा उपलब्ध गराउने हस्पिटलले जनाएकाे छ।

प्रत्येक वर्ष मार्च ३ का दिन विश्व श्रवणशक्ति दिवस मनाएन्छ।  यो वर्षको विश्व श्रवणशक्ति दिवसको नारा ‘जीवनका लागि श्रवण’ रहेकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार