Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै

हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुँदैछन्। उनको मिर्गौला प्रत्यारोपण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधवार हुँदैछ।

सोमवार भर्ना हुने भनिए पनि समयको टुंगो लागिनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको उनले बताए। उनलाई भाञ्जी नाता पर्ने झापाकी एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ।

१२ वर्षअघि भारतमा प्रधानमन्त्री ओलीकाे मिर्गाैला प्रत्यारोपण गरिएको थियाे। बुहारी नाता पर्ने अञ्जना घिमिरेले उनलाई मिर्गौला दिएकी थिइन्। मिर्गौलाले काम नगरेपछि उनी नियमित डाइलायसिस गराइरहेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार