मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुँदैछन्। उनको मिर्गौला प्रत्यारोपण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधवार हुँदैछ।
सोमवार भर्ना हुने भनिए पनि समयको टुंगो लागिनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको उनले बताए। उनलाई भाञ्जी नाता पर्ने झापाकी एक महिलाले मिर्गौला दिन लागेको बताइएको छ।
१२ वर्षअघि भारतमा प्रधानमन्त्री ओलीकाे मिर्गाैला प्रत्यारोपण गरिएको थियाे। बुहारी नाता पर्ने अञ्जना घिमिरेले उनलाई मिर्गौला दिएकी थिइन्। मिर्गौलाले काम नगरेपछि उनी नियमित डाइलायसिस गराइरहेका थिए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त