Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच प्रबन्ध गर्न कार्यदल गठन

विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच प्रबन्ध गर्न कार्यदल गठन

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको आगमन तथा प्रस्थान कक्षबाट आवतजावत गर्ने सबै यात्रुको आवश्यक स्वास्थ्य जाँचको व्यवस्था गर्न कार्यदल गठन गरेको छ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा आइतवार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निर्देशक देवचन्द्रलाल कर्णको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. हेमन्तचन्द्र ओझा, विमानस्थल अध्यागमन कार्यालयका निर्देशक राजेश पन्थी, एयरलाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहनेगरी कार्यदल गठन गरिएको छ ।

मन्त्रालयले कार्यदललाई स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी तयारी गर्न निर्देशन दिएको छ।

बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुलाई स्वास्थ्य जाँचको डेस्क पार गरी जानुपर्ने प्रावधानसम्बन्धी सूचनामूलक जानकारी अनिवार्यरूपमा जहाज अवतरणको क्रममा र आगमन तथा प्रस्थान कक्षबाट निरन्तर रूपमा प्रवाह गर्ने व्यवस्थाका लागि प्राधिकरणलाई निर्देशन दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार