Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्वारेन्टाइनमा रहेका चालक दलका १८ जनामै कोरोना देखिएन, आजै घर जान पाउने

क्वारेन्टाइनमा रहेका चालक दलका १८ जनामै कोरोना देखिएन, आजै घर जान पाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं: चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गर्न गएका विमानका चालक सहित १८ जनाको टोलीमा कोरोना भाइरस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव खगराज बरालले  चीन गएका विमान चालक र अन्य सदस्यसहित १८ जनामा दोस्रो चरणको जाँच गर्दा पनि कोरोना भाइरस नदेखिएको बताए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १४औं दिन अर्थात हिजो  पुन: कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

यो सँगै १५ दिनको क्वारेन्टाइनपछि उनीहरु आजै क्वारेन्टाइन मुक्त हुने पनि उनले जानकारी दिए ।  चालकसहितको १८ जनाको टोलीलाई नगरकोटमा  क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुले १५ औँ दिनमा आज परिवार भेट्न पाउने छन्। अन्य १७५ जना विद्यार्थीहरुको रिपोर्ट भने सोमबारसम्म आउने मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार