क्वारेन्टाइनमा रहेका चालक दलका १८ जनामै कोरोना देखिएन, आजै घर जान पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं: चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गर्न गएका विमानका चालक सहित १८ जनाको टोलीमा कोरोना भाइरस नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव खगराज बरालले चीन गएका विमान चालक र अन्य सदस्यसहित १८ जनामा दोस्रो चरणको जाँच गर्दा पनि कोरोना भाइरस नदेखिएको बताए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १४औं दिन अर्थात हिजो पुन: कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
यो सँगै १५ दिनको क्वारेन्टाइनपछि उनीहरु आजै क्वारेन्टाइन मुक्त हुने पनि उनले जानकारी दिए । चालकसहितको १८ जनाको टोलीलाई नगरकोटमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुले १५ औँ दिनमा आज परिवार भेट्न पाउने छन्। अन्य १७५ जना विद्यार्थीहरुको रिपोर्ट भने सोमबारसम्म आउने मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा