Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै

चीनमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै

अनेकौँ प्रयासपछि चीनमा कोरोना भाइरस संक्रमण क्रमशः कम हुँदै गएको छ। केही दिन पहिले चीनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १०० भन्दा माथि पुग्ने गरेकोमा एक दुई दिनयता ५० भन्दा कममा झरेको छ। नयाँ संक्रमित आउने क्रम पनि ह्वात्तै घटेको छ।

जटिल संकटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई संक्रमण पुष्टि भएको छ। हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन ।

चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा संक्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ। चीनमा संक्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन्।

अहिले संक्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ।

दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक रहेको छ । दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोना भाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ ।

शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप संक्रमितको संख्या ५९४ पुष्टि भएसँगै यहाँ संक्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम (केसीडीसी)का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन्।

इरानमा बिहीवार रातिसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो। बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्युजिल्याण्ड र नाइजेरियामा पहिलोपटक संक्रमण देखिएको छ ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन