पाठेघर शिविरमा ११४ जनाले गराए नि:शुल्क जाँच
हेल्थ टिभी अनलाइन\लमजुङ : बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा सञ्चालित पाठेघर शिविरमा ११४ जनाले सेवा लिएका छन्।
चण्डीस्थान स्वास्थ्य चौकीमा शनिवार सञ्चालन गरिएको शिविरमा पाठेघरको नि:शुल्क परीक्षण गराएका मध्ये एक जनामा अर्बुदरोग र अर्को एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्यालले जानकारी दिए।
चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ। शिविरमा चार जनाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिएको छ। शिविरमा चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र संगीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङले सेवा दिएका थिए।
वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले शिविर आयोजना गरेका हुन्।
शिविर वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति (कोपाडेस) को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए।
ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरेको जानकारी दिए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त