Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन

कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति गठन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री  ईश्वर पोखरेलको संयोजकत्वमा मन्त्रीस्तरीय उच्च समिति गठन गरिएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाका लागि उच्च जोखिम रहेको बताएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै समिति गठन गरेका हुन्।
उक्त उच्चस्तरीय समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्यमन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य रहने छन्।

समिति गठन गर्न बसेको बैठकले कोरोनाका कारण पार्ने असरकावारेमा  विस्तृत अध्ययन गरी छलफल एवं व्यापक जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका निर्णयसमेत गरेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्व नै त्रसित बनिरहेको छ । यो सँगै सरकारले कोरोनाको जोखिमका कारण पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बनाइएका कार्यक्रम पनि तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार