Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्वारेन्टाइन’मा रहेकाको स्वास्थ्य परीक्षण र ‘स्वाब’ संकलन

‘क्वारेन्टाइन’मा रहेकाको स्वास्थ्य परीक्षण र ‘स्वाब’ संकलन

हेल्थ टिभी अनलाइन\भक्तपुर : खरिपाटी र नगरकोटस्थित ‘क्वारेन्टाइन’मा राखिएका १९३ नेपालीको स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब संकलन गरिएको छ।

विद्युत् प्राधिकरण भवनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालक दलसहित १८ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना लिइएको हो। क्वारेन्टाइनमा राखिएको १४औँ दिन शनिवार उनीहरूको नाक र घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाएको नेपाली सेनाका सहसेनानी डा‍. नवीन फुयाँलले जानकारी दिए।

यसअघि यही ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। रिपोर्टमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिए पनि अन्तिमपटक शनिवार फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि लगेको उनले जानकारी दिए।

सङ्कलन गरिने स्वाब नमुना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा २१ गते उनीहरूलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

कोरोना संक्रमणको उद्गमस्थल चीनबाट गत ४ गते नेपालीहरूलाई उद्धार गरी ल्याइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार