Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक नहुँदा भेन्टिलेटर तथा आईसीयू सेवा बन्द

चिकित्सक नहुँदा भेन्टिलेटर तथा आईसीयू सेवा बन्द

हेल्थ टिभी अनलाइन\सर्लाही : लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आईसीयू सेवा प्रयोगविहीन भएको छ। सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको हो।

प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रुपैयाँ रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आईसीयू उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक–पटक ध्यानाकर्षण गरायौँ। तर कार्यान्वयन भएको छैन’,उनले भने।

सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो। गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०\१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ। सर्लाहीको बरथवामा पनि उपचार केन्द्र भए पनि नवलपुरमा बिरामीको चाप बढी छ। हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरी सकेको जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार