क्वारेन्टाइनमा रहेका सबैको दोस्रो चरणको कोरोना परीक्षण आज हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चीनबाट ल्याएर खरिपाटीस्थित क्वारेन्टाइमा राखिएका विद्याथीहरुको दोस्रो चरणको कोरोना जाँच आज हुने भएको छ ।
सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुण ४ गते उद्धार गरी ल्याएको थियो । ल्याउने दिन अर्थात चौध दिन अघि उनीहरुको पहिलो चरणको जाँच गर्दा सबै जनामा नेगेटिभ आएको थियो ।
कोरोना भाइरसको लक्षण १४ दिन सम्म देखिने कारणले उनीहरुलाई क्वारेन्टाइनमै राखिएको बताउँछन स्वास्थ्य मन्त्रालयका सह प्रवत्ता सागर दाहाल। आज सबै जनाको घाँटीको स्वाब परीक्षण गरिने र त्यसको रिपोर्ट आएपछि मात्र उनीहरु घर जान पाउने उनको भनाई छ ।
परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने बताइएको छ । सबै जनाको रिपोर्ट नेगेटिभ आएमा उनीहरु सोमबार सम्म घर जान पाउने छन्। यो सँगै नगरकोटमा क्वारेन्टाइनमा राखिएका पाइलट लगायतका क्रु मेम्बरलाई पनि सोही नियम लागु हुने बताउँछन दाहाल। उनीहरुलाई चीनबाट नेपाल ल्याइएको भए पनि क्वारेन्टाइनमा रहेकाले परिवार भेट्न भने पाएका छैनन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण