Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्वारेन्टाइनमा रहेका सबैको दोस्रो चरणको कोरोना परीक्षण आज हुँदै

क्वारेन्टाइनमा रहेका सबैको दोस्रो चरणको कोरोना परीक्षण आज हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं:  चीनबाट ल्याएर खरिपाटीस्थित क्वारेन्टाइमा राखिएका विद्याथीहरुको दोस्रो चरणको कोरोना जाँच आज हुने भएको छ ।
सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुण ४ गते उद्धार गरी ल्याएको थियो । ल्याउने दिन अर्थात चौध दिन अघि उनीहरुको पहिलो चरणको जाँच गर्दा सबै जनामा नेगेटिभ आएको थियो ।
कोरोना भाइरसको लक्षण १४ दिन सम्म देखिने कारणले उनीहरुलाई क्वारेन्टाइनमै राखिएको बताउँछन स्वास्थ्य मन्त्रालयका सह प्रवत्ता सागर दाहाल। आज सबै जनाको घाँटीको स्वाब परीक्षण गरिने र त्यसको रिपोर्ट आएपछि मात्र उनीहरु घर जान पाउने उनको भनाई छ ।
परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने बताइएको छ । सबै जनाको रिपोर्ट नेगेटिभ आएमा उनीहरु सोमबार सम्म घर जान पाउने छन्। यो सँगै नगरकोटमा क्वारेन्टाइनमा राखिएका पाइलट लगायतका क्रु मेम्बरलाई पनि सोही नियम लागु हुने बताउँछन दाहाल। उनीहरुलाई चीनबाट नेपाल ल्याइएको भए पनि क्वारेन्टाइनमा रहेकाले परिवार भेट्न भने पाएका छैनन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार