कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नसारोगको सेवा शुरु हुँदै
हेल्थ टिभी अनलाइन\सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा न्यूरो सर्जरी (नसा रोगको शल्यक्रिया) सेवा शुरु हुने भएको छ।
यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका डा. निलम खड्का शुक्रवार काजमा आएसँगै सो सेवा शुरु भएको अस्पतालका निर्देशक डा.मंगल रावलले जानकारी दिए। यस्तै न्यूरो सर्जन डा. निलम खड्का प्रतिष्ठानमा आएसँगै नसासम्बन्धी शल्यक्रिया सेवा शुरु हुने भएको हो।
यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नसामा चोटपटक लाग्ने धेरै बिरामी आउने भए पनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौँ सिफारिस गर्नुपर्ने बाध्यता थियो।
जुम्लामा न्यूरो सर्जन पुगेसँगै अब टाउको र नसामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको निर्देशक रावलले बताए।नसाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्षअगाडि नै भित्र्याएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा