Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘क्वारेन्टाइन’मा रहेका सत्रौँ दिनमा घर फर्किने

‘क्वारेन्टाइन’मा रहेका सत्रौँ दिनमा घर फर्किने

हेल्थ टिभी अनलाइन\भक्तपुर : चीनको वुहानबाट उद्धार गरी खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा राखिएका १९३ सहित जनालाई १७औँ दिनमा घर फर्काइने भएको छ ।

खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जना मंगलवार मात्रै घर फर्किने भएका हुन्।

यसअघि आएकै दिन ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि संक्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमुना संकलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शनिबार बिहान ८ बजे नगरकोटमा रहेका १८ जनाको  र त्यसपछि त्यही टोलीले ११ बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमुना संकलन गर्ने मन्त्रालयले जनाएको छ।

शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिएका नेपाली सेनाका क्याप्टेन डा. नवीन फुयाँलले जानकारी दिए। यहाँ स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको उनले बताए।

शनिवार स‌ंकलन गरिने र्याल नमूना परीक्षणको रिपोर्ट १९ गतेसम्म आउने र ढिलोमा २० गतेसम्ममा उनीहरूलाई घर फर्काइने भएको छ। शनिवार संकलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइनेछ।

अहिले पनि धेरै जनाको रिपोर्ट आउनुपर्ने भएकाले कम्तीमा पनि रिपोर्ट आउन तीन दिन लाग्ने जानकारी दिँदै डा‍. फुयाँलले सबैको नेगेटिभ रिपोर्ट आएपछि सरकारको निर्देशन तयारीअनुसार घर फर्काउने जानकारी दिए।

विश्व स्वास्थ्य स‌ंगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण हुन लागेको हो।

रासस

थप समाचार