Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१२औँ तहमा बढुवा भएका प्रमुख विशेषज्ञको जिम्मेवारी तोकियो

१२औँ तहमा बढुवा भएका प्रमुख विशेषज्ञको जिम्मेवारी तोकियो

हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औँ तहमा बढुवा भएका तीन जना प्रमुख विशेषज्ञको जिम्मेवारी बाँडफाँड गरेको छ ।  शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तिनै जनाको जिम्मेवारी बाँडफाँड गरेका हुन्।

१२औँ तहमा बढुवा भएका डा. दिपेन्द्ररमण सिंहलाई नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। यसैगरी अर्का प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई जनसंख्या महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी दिइएको छ।

१२ औं तहमा बढुवा भएका महेन्द्रप्रसाद श्रेष्ठलाई भने मन्त्री ढकालले यसअघि नै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार