१२औँ तहमा बढुवा भएका प्रमुख विशेषज्ञको जिम्मेवारी तोकियो
हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औँ तहमा बढुवा भएका तीन जना प्रमुख विशेषज्ञको जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तिनै जनाको जिम्मेवारी बाँडफाँड गरेका हुन्।
१२औँ तहमा बढुवा भएका डा. दिपेन्द्ररमण सिंहलाई नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। यसैगरी अर्का प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई जनसंख्या महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी दिइएको छ।
१२ औं तहमा बढुवा भएका महेन्द्रप्रसाद श्रेष्ठलाई भने मन्त्री ढकालले यसअघि नै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा