‘दूधजन्य पदार्थमा हानिकारक वस्तु मिसावट गर्न अनुमति दिएका छैनौँ’
हेल्थ टिभी अनलाइन\काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिशु दुग्ध आहार लगायत अन्य दुग्धजन्य पदार्थमा अखाद्य तथा हानिकारक वस्तु मिसावट गर्न अनुमति नदिएको प्रष्टीकरण दिएको छ।
दुग्धजन्य शिशु आहारमा विष’ लगायतका समाचार सञ्चारमाध्यममा आएकोमा ध्यानाकर्षण भएको भन्दै विभागले यस्तो प्रष्टीकरण दिएको हो।
विभागले एफएओ डब्लूएचओअन्तर्गत खाद्य पदार्थको अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने संस्थाअन्तर्गतको वैज्ञानिक अनुसन्धान तथा तथ्यको आधारमा र सरकारले निर्धारण गरेका मपदण्डअनुसार सबै प्रकारको खाद्य पदार्थ अनुगमन तथा परीक्षण गर्ने गरेको जनाएको छ।
जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा सचेत रहेको विभागले जनाएको छ। ‘कसैले निर्धारित मापदण्डविपरीत कार्य गरेमा खाद्य ऐन, २०२३ र खाद्य नियमावली, २०२७ बमोजिम कारबाही हुनेछ’, विभागको ध्यानाकर्षणपत्रमा भनिएको छ।’






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण