तीन जना डाक्टर एघारौँ तहमा बढुवाका लागि सिफारिस
हेल्थ टिभी अनलाइन\ काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जना डाक्टरलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समितिले डा. पिताम्बर सुवेदी, डा. राम पुकार शाह र डा.अभय पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।
डा. सुवेदीलाई पेडियाट्रिक्स समूहबाट प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन, डा. शाह र डा. पोखरेललाई एनेस्थेसियोलोजी समूहबाट प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ।
समितिको सचिवालयले जारी गरेको सूचनामा बढुवा समितिको गत १४ फागुनमा बसेको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय गरेको उल्लेख छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा