Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरस संक्रमण : रोकथामका लागि कहाँ के हुँदैछ?

कोरोना भाइरस संक्रमण : रोकथामका लागि कहाँ के हुँदैछ?

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वका झण्डै ५० मुलुकमा फैलिसकेको छ। त्यसैले विभिन्न देशले संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाइरहेका छन्।

कोरोना भाइरसको त्रास फैलिएपछि जापानले देशभरका विद्यालयमा एक महिनाको विदा दिएको छ। जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालय अस्थायी बन्द गर्ने घोषणा गरेका हुन्। सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहनेछन्।

यता साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने भाइरस संक्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि रोक्ने बताएको छ।

साउदी अरबको यो निर्णयसँगै वार्षिक रूपमा हुने हज तीर्थयात्राबारे पनि अन्याेल उत्पन्न भएको छ। संसारभरिका मुस्लिमका लागि हज यात्रा निकै महत्त्वपूर्ण हुन्छ। याे वर्ष जुलाई तथा अगष्ट महिनामा हजयात्रा परेको छ।

इरानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ। बेलायतले थप दुई जनामा संक्रमण भएको जनाएको छ। त्यहाँ १५ जना संक्रमित भएका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ कोरोनाभाइरसको प्रकोप अवश्यम्भावी भएको बताएका छन्। अमेरिकामा उपराष्ट्रपति माइक पेन्सलाई कोरोना भाइरसको मामिलाको प्रमुख जिम्मेवार अधिकारी तोकिएको छ।

बुधवारसम्म अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ६० पुगेको छ। तीमध्ये ४५ जना विदेशबाट उद्धार गरेर ल्याइएका हुन् भने १५ जना देशभित्रै देखापरेका हुन्।

अष्ट्रेलियाको आपत्‍कालीन योजना

अष्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोना भाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिएका छन्। उनले त्यससँग जुझ्न सरकारले राष्ट्रिय आपत्‍कालीन योजना बनाएको घोषणा गरेका छन्।

सरकारले चीनबाट आउने यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको छ। फुटबल प्रतियोगिताजस्ता भिडभाड हुने कार्यक्रम तत्कालै रोकिहाल्ने स्थिति नआएको मरिसनले बताए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि