Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ निर्णायक चरणमा’

‘कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ निर्णायक चरणमा’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।

महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण अन्य देशमा फैलिन थालेपछि धेरै चिन्ताको विषय भनेका छन्।

कुनै पनि देशले आफ्नो देशमा यो भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनले बताए।

डटेर नियन्त्रण गर्न सुझाव

इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले उक्त भाइरसले के गर्न सक्छ भनेर देखाएको उनले बताए। तर ‘उचित उपाय’ अपनाए त्यसको प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको उनले बताए।

आ(आफ्ना देशमा पहिलो संक्रमण देखिएका देशहरूले डटेर यसको संक्रमण नियन्त्रण गर्न लागिपर्न उनले आह्वान गरे ताकि त्यो नफैलियोस्।

चीनबाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको छ। विश्वभरि कुल ८० हजारभन्दा धेरै मानिस यसबाट संक्रमित भएका छन्।

पुनः संक्रमणको खतरा

जापान र चीनबाट प्राप्त केही विवरणहरूमा थोरै संख्याका संक्रमित मानिसहरू निको भइसकेको केही सातापछि पुनःसंक्रमित भएको उल्लेख छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पुनः संक्रमित भएको बताएका छन्।

बीबीसी नेपालीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन