Health TV Online
Health TV Online

कोरोना संक्रमणको त्रास : जापानमा सबै विद्यालय बन्द

कोरोना संक्रमणको त्रास : जापानमा सबै विद्यालय बन्द

कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न जापानमा सबै विद्यालय बन्द गर्न भनिएको छ।

प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरस संक्रमण रोक्न देशभरका विद्यालयलाई केही हप्ता बन्द गर्न आग्रह गरेका हुन्।

भाइरसका कारण चारजनाको मृत्यु भएपछि प्रधानमन्त्रीले बिहीवार यस्तो आह्वान गरेका हुन्। कोरोना भाइरस संक्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा ‘डायमण्ड प्रिन्सेस’ नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।

‘हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे विदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ’, उनले भने। जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा शुरू हुन्छ।

जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार ८० वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस स‌ंक्रममण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्न माध्यमिक विद्यालय यसअघि नै बन्द भइसकेका छन्।

थप समाचार