अस्पतालमा पत्रकारलाई ५० प्रतिशत छुट
हेल्थ टिभी अनलाइन \लमजुङ : बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने भएको हो।
अस्पताल प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले अस्पतालले पत्रकारलाई बहिरंगको ल्याब र एक्सरे र टिकटमा मात्र ५० प्रतिशत छुट दिने बताए। अस्पतालमा पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखामा सदस्य रहेका ५७ जना र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने शाखा अध्यक्ष आश गुरुङले जानकारी दिए।
जिल्लाकै ठूलो ६० शय्या रहेको यस अस्पताल आगामी वर्ष १०० शय्याको बनाउने, नर्सिङ कलेज सञ्चालन गर्ने, आमा घर निर्माण गर्ने, कर्मचारी आवास निर्माण गर्ने लक्ष्य रहेको बताइएको छ। त्यस्तै प्राइभेट वार्ड सञ्चालन गर्ने, डाइलेसिस सेवा सञ्चालन गर्ने, मोतियाविन्दुको शल्यक्रिया, अक्सिजन पाइपलाइन व्यवस्था गर्ने योजनाका साथ अघि बढ्न लागेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त