Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्पतालमा पत्रकारलाई ५० प्रतिशत छुट

अस्पतालमा पत्रकारलाई ५० प्रतिशत छुट

हेल्थ टिभी अनलाइन \लमजुङ : बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला सामुदायिक अस्पतालले पत्रकारको उपचारमा ५० प्रतिशत छुट दिने भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङमा आबद्ध र जिल्लाको विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने भएको हो।

अस्पताल प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले अस्पतालले पत्रकारलाई बहिरंगको ल्याब र एक्सरे र टिकटमा मात्र ५० प्रतिशत छुट दिने बताए। अस्पतालमा पत्रकार बिरामी हुँदा ५० प्रतिशत छुट पाउने भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखामा सदस्य रहेका ५७ जना र यसबाहेक अन्य विभिन्न मिडियामा आबद्ध क्रियाशील पत्रकार लाभान्वित हुने शाखा अध्यक्ष आश गुरुङले जानकारी दिए।

जिल्लाकै ठूलो ६० शय्या रहेको यस अस्पताल आगामी वर्ष १०० शय्याको बनाउने, नर्सिङ कलेज सञ्चालन गर्ने, आमा घर निर्माण गर्ने, कर्मचारी आवास निर्माण गर्ने लक्ष्य  रहेको बताइएको छ। त्यस्तै प्राइभेट वार्ड सञ्चालन गर्ने, डाइलेसिस सेवा सञ्चालन गर्ने, मोतियाविन्दुको शल्यक्रिया, अक्सिजन पाइपलाइन व्यवस्था गर्ने योजनाका साथ अघि बढ्न लागेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि