कोशी अस्पताललाई मेडिकल कलेज बनाइने
हेल्थ टिभी अनलाइन\विराटनगर : कोशी अस्पताललाई मुलुककै नमुना र शिक्षण अस्पतालका रूपमा विकास गरिने भएको छ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले यो अस्पताललाई मुलुककै नमुना र शिक्षण अस्पतालको रूपमा विकास गर्ने बताए।उनले हाल प्राप्त भएको ४० करोड रुपैयाँको योजनालाई दीर्घकालीन योजनामा समावेश गरेर काम अघि बढाउने जानकारी दिए ।
प्रदेश नं १ अन्तर्गतका १४ जिल्लासहित प्रदेश २ का सप्तरी, सिरहा, धनुषा जिल्लाबासी पनि उपचार सेवाका लागि भर पर्दै आएको यो अस्पताल पूर्वाधार र विशेषज्ञ डाक्टरको अभावसँगै आर्थिक अभावसँग पनि जुधिरहेको छ।
अत्यधिक घुइँचाे हुने याे अस्पतालमा अहिले अवस्थामा सर्वसुलभ, गुणस्तर सेवा, स्वच्छ वातावरणमा सञ्चालन गर्न पुरानो संरचना बाधकका रूपमा छ।नयाँ संरचना बनाउन पाँच अर्ब रूपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अभावका कारण भएका कर्मचारीलाई समयमा तलब खुवाउन पनि अस्पताल प्रशासनलाई हम्मेहम्मे हुने गरेको छ।
मुलुककै पुरानो सरकारी अस्पतालमध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रङ्गेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हाे। तत्कालीन ५० श्ययाको यो अस्पतालमा हाल ३५० शय्या छन्। पाँच बिघा आठ कट्ठा नौ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २६७ चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालका सुरपरीवेक्षक डा सङ्गीता मिश्रले जानकारी दिइन्।
रासस




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त