१४ औँ दिनमै घर फर्किन पाउने छैनन् ‘क्वारेन्टाइन’मा रहेकाहरू, अर्काे जाँचकाे रिपाेर्ट आएपछि मात्र जान दिइने
हेल्थ टिभी अनलाइन\काठमाडौं : चीनको वुहानमा रहेका नेपाललाई सरकारले उद्धार गरी ल्याएको आज १२ औं दिन हो। सरसरती हेर्दा उनीहरु घर जान बाँकी दुई दिन छ। तर उनीहरु १४ औं दिनमै भने घर जान पाउने छैनन्। दोस्रो चरणको जाँचको रिपोर्ट नआएसम्म उनीहरू घर जान नपाउने भएका हुन्।
चीनबाट उद्धार गरी क्वारेन्टाइन राखिएका १७५ जनाको दोस्रोपटकको परिक्षण १४ औं दिन अर्थात आगामी शनिबार हुँदैछ। गत फागुन ४ गते उनीहरुलाई कोरोना प्रभावित चीनको वुहानबाट नेपाल ल्याइएको थियो। ल्याएकै दिन बिहान सबै जनाको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको थियो।
पहिलो परिक्षणमा भाइरस नभेटिए पनि कोरोना भाइरसको लक्षण देखिन सुई सातासम्म लाग्ने हुँदा उनीहरूको दोस्रो चरणको परीक्षण गरिन लागेको हो। दोस्रो चरणको परिक्षण नेगेटिभ आएपछि मात्र उनीहरु घर जान पाउने बताउँछन्, स्वास्थ्य मन्त्रालयका सह प्रवत्ता सागर दाहाल ।
‘खुशीको कुरा अहिलेसम्म कसैमा पनि स्वास्थ्यमा समस्या आएको छैन। दैनिक रुपमा ज्स्वास्थ्यकर्मीले ज्वरो नाप्ने कार्य गरिरहेका छ, तर हालसम्म कसैमा पनि ज्वरोको लक्षण समेत देखिएको छैन’, उनले भने। उनले अब १४ औं दिन अर्थात् आगामी शनिबार दोस्रो चरणको जाँचको लागि घाँटीको स्वाबको नमुना संकलन गर्ने बताए। उनले यसको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने हुँदा उनीहरू १६ वा १७ औं दिनमा मात्र घर जान सक्ने बताए।
उनले कोही व्यक्तिमा रिपोर्ट पोजेटिभ आए सिधै अस्पतालको आइसोलेसन वार्डमा लैजाने बताए। ‘तर यस्तो हुनसक्ने सम्भावना निकै कम छ’, उनले भने।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त