Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घोराही उपमहानगरपालिकामा ‘आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’

घोराही उपमहानगरपालिकामा ‘आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’

हेल्थ टिभी अनलाइन\दाङ : जिल्लाको घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि ‘उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’ शुरू गरेको छ।

उपमहानगरले वडा नं. ४ स्थित लक्ष्मीपुरबाट बुधवार कार्यक्रम शुरू गरेको हो। चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत उपमहानगरको स्वास्थ्य शाखाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा नवशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको हो।

गर्भदेखि सुत्केरी अवस्थासम्म चार पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएका र सरकारी स्वास्थ्य संस्थामै बच्चा जन्माएका आमाहरूलाई उपमहानगरले एक हजार रुपैयाँ  खुत्रुकेमा हालेर वितरण गरेको हो।

कार्यक्रममा नगरकी उपप्रमुख सीता सिग्देल न्यौपानेले पहिलो चरणमा आठ सुत्केरीहरूलाई खुत्रुके वितरण गरिन्‌। खुत्रुके पाएसँगै सुत्केरीहरूले सरकारबाट पाएको एक हजार ८०० रुपैयाँ र उपमहानगरले दिएको एक हजार गरी दुई हजार ८०० रुपैयाँ जम्मा गरेका छन्। याे रकम आमा र शिशुको पोषणमा खर्च हुने जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि