Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दक्षिण कोरियामा जन्मदर लगातार घट्दाे

दक्षिण कोरियामा जन्मदर लगातार घट्दाे

दक्षिण कोरियाको जन्मदर लगातार घट्दै गएको एक प्रतिवेदनले देखाएको छ। करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरूले बताएका छन्।

कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयु भएका व्यक्तिहरू छन् तर जन्मदर भने सबैभन्दा न्यून छ। यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो सङ्कट आउने अवस्था सिर्जना भएको छ।

कोरियाली तथ्यांक ब्यूरोले सन् २०१९ मा कुल तीन लाख तीन हजार १०० बालबच्चा जन्मिएको जनाएको छ। अघिल्लो वर्षको तुलनामा यो ७.३ प्रतिशत कम हो।

मुलुकको प्रजनन दर पनि ०.९२ मा झरेको छ। प्रजनन दर भन्नाले एक महिलाले आफ्नो जीवनकालमा अपेक्षा गरेको बच्चाहरूको कुल संख्या हो। यो लगातार दोस्रो वर्ष पनि एकभन्दा कमै छ, र जनसंख्यालाई स्थिर राख्न चाहिने २.१ भन्दा यो निकै कम हो।

परम्परागत सामाजिक मूल्य मान्यता, महिलाहरूमाथि बालबच्चा हुर्काउन सामना गर्नुपर्ने बोझ र आफ्नो करिअरजस्ता अवरोधले कोरियाली महिलालाई बालबच्चा जन्माउन दुरुत्साहित गरेको अध्ययनले देखाएको छ।

सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता १ खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ तर सन् २०६७ सम्ममा कोरियाली जनसंख्या ३ करोड ९० लाखमा झर्ने प्रक्षेपण गरिएको छ। सन् २०६७ मा कोरियालीको मध्यम आयु बढेर ६२ वर्ष पुग्नेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन