चीनमा कोरोना संक्रमण : थप ५२ जनाको मृत्यु
चीनमा पछिल्लो समय ५२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुने क्रममा केही कमी आएको छ।
हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ। पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन्। राष्ट्रिय स्वास्थ्य आयोगले बुधवार ४०१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको पनि जनाएको छ।
चीनमा हालका दिनहरूमा नयाँ संक्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी देखिएका छैनन्।
हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो। तर हुबेईको राजधानी वुहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई संक्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौँ देशहरूमा फैलिइसकेको छ ।
दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधवारसम्ममा ११ जना पुगेको छ र संक्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ। चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो। कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको संक्रमण देखिएको छ।
करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा संक्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ। प्रधानमन्त्री जिसेप कोन्टेले यो क्रम केही हप्तासम्म जारी रहनसक्ने बताएका छन्।
नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको विमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त