‘प्रोटिन फर अल’ नाराका साथ नर्सहरुको प्रतियोगिता हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ‘प्रोटिन फर अल’ भन्ने नाराका साथ नर्सहरुका लागि ‘मिस नेपाल पिस’ प्रतियोगिताको आयोजना हुने भएको छ । नेक्स्ट मोडल्स नेपालको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
मानव जीवनमा पोषणको महत्व नर्सहरु मार्फत बुझाउन र नर्स भित्र रहेका प्रतिभा उजागर गर्न यो कार्यक्रम गर्न लागिएको नेक्स्ट मोडल्सका प्रमुख कार्यकारी अधिकृत रवि धमलाले जानकारी दिए । युसेकको प्राविधिक तथा आर्थिक सहयोगमा सातै प्रदेशमा प्रोटिनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिने पनि धमलाले जानकारी दिए । उत्त जनचेतनामूलक कार्यक्रम विजेता नर्सहरुको अगुवाईमा हुनेछ ।
सातौं संस्करणको एनलेक्स मिस नेपाल पिसको पहिलो चरणको अडिसन सम्पन्न भइसकेको छ । जसमा १८ जना नर्सहरु फाइनल राउन्डका लागि छानिएका छन्। त्यसैगरी दोस्रो चरणको अडिसन भने यही फागुण १७ गते र अन्तिम अडिसन २४ गते हुनेछ । प्रतियोगिता चैतको अन्तिम साता काठमाडाैंमा हुने बताइएको छ । छैठौँ प्रतियोगिताकी विजेता नर्स रेस्मा प्रसाईले आफूले टाइटल जितेपछि धेरै कुरा सिक्ने अवसर पाएको र आफूमा आत्मविश्वास बढेको बताइन ।
सातौं संस्करणसम्म आइपुग्दा नर्सहरु ज्वाला पौडेल, सोनिया आचार्य,मिनुष कायस्थ,सनम थाया मगर, श्रेया रजक र रेश्मा प्रसाईले मिस नेपाल पिसको उपाधि जित्न सफल भइसकेका छन्। प्रतियोगितामा प्रथम हुने नर्सले आगामी वर्ष चीनमा हुने मिस वल्र्ड पिसमा भाग लिन पाउने बताइएकाे छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त