कोरोना भाइरस संक्रमण : युरोपेली मुलुकमा फैलिँदै
युरोपका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन थालेपछि चिन्ता व्यक्त गर्न थालिएकाे छ ।
युरोपेली मुलुकमध्ये इटालीमा सर्वप्रथम देखिएको कोरोना संक्रमण अष्ट्रिया, क्रोएसिया र स्वीट्जरल्याण्डमा पनि देखिएको छ।
संक्रमणका कारण इटालीमा ११ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढीमा संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै अल्जेरिया तथा उत्तर अफ्रिकामा पनि संक्रमण देखिएको छ। इटालीबाट गएका मानिसबाट ती मुलुकमा संक्रमण फैलिएको बताइएको छ।
युरोपेली मुलुकमा पनि कोरोना संक्रमण फैलिएपछि इटाली, फ्रान्स र जर्मनीका स्वास्थ्यमन्त्री तथा युरोपियन युनियन कमिसनको बैठक बसेको छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त